ताजा अपडेट »

शंकर पोखरेल निर्वाचन आयोग जाँदै

विहीबार, २४ चैत्र २०७८, १३ : ४५
2 Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाँदै छन् । उनी दिउँसो १ बजे आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् । 

आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उनी आयोग जान लागेका हुन् । आयोगले कानून विपरित आचारसंहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।