ताजा अपडेट »

विश्व खेलकूद दिवसमा लुम्बिनीमा वाकाथुन

मंगलबार, २२ चैत्र २०७८, २२ : ४७
6 Shares

भैरहवा । नेपाल ओलम्पिक कमिटीले बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकूद दिवसका दिन बुधवार वाकाथुन, द्विप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्व भर अप्रिल ६ (चैत्र २३)का दिन विकाश र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदैछ । यसै क्रममा बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम आयोजना हुन गैरहेको नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिब सुजन लाल श्रेष्ठले जानकारी दिए ।

लुम्बिनीमा वाकाथुन, द्विप प्रज्वलन साथै लुम्बिनी स्थित बिभिन्न स्वदेशी तथा बिदेशी बिहारका भिक्षुहरुको उपस्थितीमा विश्व शान्तिका लागी प्रार्थना गरीने कार्यक्रम रहेको श्रेष्ठले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसी, प्रदेशका खेलकुद मन्त्री वसिउद्धिन खान, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु मेत्ता समेत सहभागी हुनेछन् । मुख्यमन्त्रीले बिश्व शान्ति द्धिप रहेको स्थानबाट बेलुन उडाएर वाकाथुन कार्यक्रम सुरु गर्ने र वाकाथुन मायादेवी मन्दिर परीसरमा सम्पन्न हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।