ताजा अपडेट »

अजय देवगनको फिल्म ‘रेड’ ले हजार करोडभन्दामाथि कमाई गर्ने दाबी

शनिबार, १९ माघ २०७५, १८ : ४२
6 Shares

माघ २०,

९० को दशकमा बलिउडमा प्रवेश गरेका अजय देवगन हिट फिल्महरुको ग्यारेन्टी मानिन्छन् । गत वर्ष उनको फिल्म ‘रेड’ ले बक्स अफिसमा बेजोड कमाई गरेको थियो । यो वर्ष २०१९ मा उनका धेरैवटा फिल्महरु आउने खबर छ । अहिले अजय देवगनसँग धेरैवटा फिल्महरु छन्, जसले गर्दा उनको फिल्मले यसवर्ष एक हजार करोडभन्दामाथिको कमाई गर्ने दाबी गरिएको छ ।

निर्देशक इन्द्र कुमारल निर्देशन गरेको फिल्म ‘टोटल धमाल’ को ट्रेलर केही दिन अघि मात्र रिलिज भएको छ । ट्रेलरलाई दर्शकहरुले निकै मन पराएका छन् । फिल्म आगामी २२ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्ममा धेरैवर्षपछि माधुरी दिक्षित र अनील कपुरको जोडी पनि देखा परेका छन् । फिल्ममा अजय देवगनको अलावा अरसद वारसी र जावेद जाफरी पनि रहेका छन् ।

त्यस्तै आजभोलि अजयको अर्को फिल्म ‘तानी जीः द अनसंग वारियर’ को पनि निकै चर्चा चलिरहेको छ । यो फिल्म मराठी योद्धा ताना जीको कहानीमा आधारित छ । अहिले यसको शूटिङ जारी छ । फिल्ममा अजयको अलावा काजोल र सैफ अली खान पनि रहने छन् ।
यी दुई फिल्मबाहेक अजयसँग धेरै बायोपिक फिल्महरु छन् ।

साथै यसैवर्ष अजयको ड्रिम प्रोजेक्ट ‘सन अफ सरदार टु’ पनि रिलिज हुँदैछ । यसलाई ठूलो स्तरमा बनाउने योजना छ ।

निर्देशक लव रंजनको ब्यानरमुनि बन्ने फिल्म ‘दे दे प्यार दे’ पनि यसै वर्ष रिलिज हुँदैछ । फिल्ममा अजय बाहेक तब्बू, जिम्मी शरगिल र रकुरप्रित सिंहजस्ता ठूला कलाकार पनि रहेका छन् ।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।