ताजा अपडेट »

ऋषि धमलालाई २४ घण्टे अल्टिमेटमसहित काउन्सिलले माग्यो स्पष्टिकरण

मंगलबार, २२ चैत्र २०७८, १७ : १५
4 Shares

बुटवल । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको छ । विमानभित्र अनुमतिबेगर प्रत्यक्ष प्रसारण गरेको भन्दै काउन्सिलले मंगलवार २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा धमलाले विमानभित्र पसेर प्रत्यक्ष प्रसारण गरेका थिए । 

‘विमानभित्रैबाट अनुमतिबेगर, पटकपटक वायुसेवाका कर्मचारीहरूले ‘सेक्युरिटी प्रोटोकलविपरीत हो यसो नगरिदिनुहुन, यसो गर्न मिल्दैन’ भन्दाभन्दै पनि बलजफ्ती/जबर्जस्तीरुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिज्यूअल रेकर्ड गरी सम्प्रेषण गरेको स्वःअनुमनबाट देखिएको छ,’ काउन्सिलको पत्रमा उल्लेख छ । पत्रकारिता क्षेत्रको मर्यादा/विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? भन्दै काउन्सिलले स्पष्टीकरण पेश गर्न धमलालाई भनेको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको मर्यादा जोगाउने काम पत्रकारकै भएको बताए । ‘क्यामरा बुम बोक्दैमा पत्रकारलाई जहाँ पनि जाने छुट हुँदैन,’ उनले भने, ‘प्रत्यक्ष प्रसारण गर्दा कतिपय संवेदनशील क्षेत्रहरू हुन्छन्, त्यसमा पनि पत्रकारले विचार पुर्‍याउनुपर्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।