ताजा अपडेट »

ओलीको बोलीमा मगर संघ रुपन्देहीको आपत्ति, माफी माग्दै फिर्ता लिन आग्रह

मंगलबार, २२ चैत्र २०७८, १६ : ५२
2 Shares

बुटवल । केहि दिन अघि नेपालका प्रथम सहिद लखन थापा बिरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिप्रति मगर समुदायले आपत्ति जनाएको छ । मंगलबार नेपाल मगर संघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा दिएको अभिव्यक्ति बिरुद्ध आपत्ति जनाउँदै फिर्ता लिन आग्रह गरेको छ।

ओलीले नेपालको प्रथम सहिद लखन थापा होइनन् भनि अभिव्यक्ति दिएका थिए । सो बिरुद्ध नेपाल मगर संघ रुपन्देही जिल्ला समवन्य समितिका अध्यक्ष आनबहादुर सोती मगर र सचिव थर्क बाह्रघरे मगरले विज्ञप्ती जारी गर्दै एमााले अध्यक्ष खड्कप्रसाद ओलीको उक्त अभिव्यक्तिलाई ‘कुप्रचार’को संज्ञा दिएका छन् ।

सचिव मगरले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सारा सहिदको अपमान हुनेगरी दिएको अभिव्यक्ति उनले फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावानी दिए ।

संघका अध्यक्ष सोती मगरले भने–‘२०७२ साल असोज ३ गते मन्त्रीपरिषदले सहिद लखन थापालाई नेपालको प्रथम सहित घोषणा गरेको र हुलाक टिकट समेत निकाली सकेको अवस्थामा एमालेका अध्यक्ष केपी ओलीले कपोकल्पित र तथ्यहिन अभिब्यक्ती दिई सिङ्गो मगर समुदायको मात्र नभई आम नेपाली जनताको परिवर्तनको आन्दोलनलाई खिल्ली उडाउन खोजेका पाइएको छ, त्यस्तो अभिब्यक्ती तत्काल फिर्ता गरिनु पर्छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै आयोजक संस्थाकी सदस्य राधिका श्रीसले केपी ओलीले माफी माग्दै उक्त अभिव्यक्ति फिर्ता लिनु पर्ने अन्यथा आन्दोलनको ज्वराभाट ल्याइने चेतावनी दिइन्।

नेपाल मगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष दलबहादुर बिरकट्टाले केपी ओलीले जस्तो जिम्मेवार नेताले कुप्रचार गर्दै हिड्नु दुःखद भएको बताए । उनले भने ‘केपी ओली एक्लै बोलेका पक्कै होइन, उनको साँठागाँठ भारतीय हिन्दु अतिवादीहरुको संगठन एसएससंग भएर उनले नेपालको उत्पीडित समुदायको अधिकार खोस्ने षडयन्त्र गर्दै आएका छन्।’

एमाले अध्यक्ष ओलीले लखन थापा नेपालका प्रथम सहित होइनन् भन्ने तथ्य प्रमाण सहित देखाउन चूनौती दिदैँ भने –‘यदि उहाँले त्यो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघ अधिवेशन सकिए पछि देशव्यापी आन्दोलनमा उत्रिने छौं ।’ उनले अन्य जिल्लाबाट पनि केपी ओलीको त्यस्तो अभिव्यक्ति बिरुद्ध आवाज उठेको र केन्द्रिय समितिको पनि गम्भीर आपत्ति भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।