ताजा अपडेट »

कुकुरले मानव खप्परको कंकाल ल्याएपछि...

सोमबार, २१ चैत्र २०७८, २१ : ४३
6 Shares


खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ ।

साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए ।

सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए । 

    दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए । मानव खप्पर फेला परेपछि प्रहरीचौकी छितापोखरी र ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया पुरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताए । 

    सोही ठाउँका बिष्णु तामाङ गत १४ मंसिरदेखि बेपत्ता छन् । कतिपयले सो खप्पर तामाङको भएको अनुमान गरेका छन् । तर, आधिकारिक पूष्टि बिना खप्परको कंकाल ‘कसको हो’ भनेर यकिन गर्न सकिन्न । बाटोमा खप्पर भेटिए पनि शरीरका अन्य भाग भने खोजी गर्दा नभेटिएको वडाध्यक्ष राईले बताए । -न्यूज कारखाना 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।