ताजा अपडेट »

१६ औं मनमोहन स्मृति वडा कप रनिङ शिल्डको उपाधि बुटवल १७ ले चुम्यो

सोमबार, २१ चैत्र २०७८, १८ : ५७
2 Shares

बुटवल । बुटवलमा सोमबार सम्पन्न १६ औं मनमोहन स्मृति वडा स्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को उपाधि वडा नम्बर १७ ले हात पारेको छ। फाईनल खेलमा वडा नं ८ लाई २-० गोल अन्तरले पराजित गर्दै १७ ले उपाधि हात पारेको हो ।

उपाधिसँगै उसले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता वडा नं ८ ले नगद ३० हजार रुपैंया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको फाईनलमा जितका लागि वडा नम्बर १७ का आशिष गुरुङले खेलको ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। वडा नं १७ का सुसन थापाले खेलको ६१ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी वडा नं १७ का आशिष गुरुङ घोषित भए । यसैगरि वडा नम्बर ४ का निरज थापा वेष्ट डिफेन्डर, वडा नम्बर ७ का मोहन थापा हाई स्कोरर, वडा नम्बर १७ का शिशिर कार्कि वेष्ट किपर र सोही टिमका बुद्घ गुरुङ बेष्ट कोचबाट पुरस्कृत भए । एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवि आचार्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, स्थायी कमिटि सदस्य केशव रोक्का, नेकपा एमाले प्रदेश सचिवालय सदस्य पुरन गुरुङ, जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डे, जिल्ला सदस्य राजेन्द्र ढकाल, नहकुल शाही, मनोज गौचन, कल्पना थापा, सुरज खरेल, नेकपा एमाले नगर अध्यक्ष किशन ज्ञवाली, राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाका अध्यक्ष सुदर्शन खाम्चा, उपाध्यक्षले विजेता टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।