ताजा अपडेट »

राजसंस्था चाहिन्छ भनेर भावावेशमा आएर भनेका हैनौं : लिङ्गदेन

सोमबार, २१ चैत्र २०७८, १८ : ५०
8 Shares

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले राप्रपाले राजसंस्थाको एजेण्डा भवावेशको भरमा मात्र नउठाएको बताएका छन् । उनले अहिलेको गणतन्त्र महङ्गो कि तत्कालीन राजतन्त्र महङ्गो भन्दै यसको तुलनामा गर्ने समय आएको जनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित बृहद आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्गदेनले गणतन्त्र आएको १५ वर्षमा स्विस बैंकमा ७० अर्व रुपैया अवैध रुपमा जम्मा भएको दावी गरे । उनले राजसंस्था र हिन्दुराष्ट्र नेपालको स्थायित्वको आधार भएको उनको भनाई थियो ।

यस्तै उनले नेपालका तीन ठूला दलका नेताहरुले नयाँ काम केही गर्न नसकेको अरोप लगाउँदै राप्रपालाई मौका दिन आग्रह गरे । पुरै देशमा राप्रपा जित्ने दावी नरहे पनि पहिलाको भन्दा धेरै जित्ने लिङ्गदेनको भनाई थियो ।

यस्तै सोही कार्यक्रममा बोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले अबको लडाई कुनै वाद र प्रतिवादसंग नभई सुशासन, शिक्षा एवम् निःशुल्क स्वास्थ्य लगाएतको लागि भएको बताए ।

कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहित उपाध्यक्ष धु्रव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, सहमहामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा, लुम्बिनी प्रदेश प्रमुख प्रदीप उदय लगाएतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ हजार १ सय ९३ जना राप्रपामा प्रवेश गरेका पार्टीका रुपन्देही उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।