ताजा अपडेट »

लैंगिक समानताका लागि महिलाको नेतृत्व बिषयक गोष्ठी

शनिबार, १९ चैत्र २०७८, १४ : ५७
4 Shares

बुटवल । किशोरी अधिकार मञ्च र महिला मानव अधिकार रक्षकहरुको सञ्जालको आयोजनामा, ओरेक र केएर नेपालको सहकार्यमा गोष्ठी सम्पन्न भएको हो । किशोरी अधिकार मञ्च रुपन्देहीकी अध्यक्ष सुनिता हरीजनको अध्यक्षता भएको गोष्ठीमा सहभागिहरुले किशोरीलाई सचेत बनाउंदै उनीहरु माथी लगानी गरे महिला सशक्तिकरण बढ्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले महिलाको नेतृत्व र क्षमता विकासमा तिलोत्तमा नगरपालिकाले धेरै काम गरेको भन्दै अब महिलाहरुको समान सहभागिता जरुरी रहेको बताइन् । अहिले पनि धेरै ठाउंमा महिलाहरुलाई आरक्षणमै सिमित गर्न थालेको भन्दै नेतृत्वमा अब आरक्षणबाट मात्र नभई खुल्ला प्रतिस्पर्धा बाट अघि बढ्नुपर्ने उनको भनाई छ । समाजले नै महिलाको नेतृत्व स्वीकार नगरेको उनले बताइन् ।

कोटईमाई गाउंपालिकाकी उपाध्यक्ष भानमती बनियाले महिलाहरुका सवाल अझै पनि धेरै उठ्न बांकी रहेको भन्दै अब नेतृत्वमै पुगेर समधानका लागि पहल गर्नुपर्ने बेला आएको बताइन् । कार्यक्रमा, नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि उप सचिव सरीता श्रीस, ने.क.पा माओबादी केन्द्र प्रदेश सदस्य पुष्पराज ढकाल, अन्तरपार्टी महिला सञ्जालका रिता सेन, टिका वली, लगायतले बोल्दै राजनितिमा ३३ प्रतिशत मात्र नभएर समापुपातिक रुपमा सहभागिता बढाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी र ओरेक बुटवलका कार्यक्रम अधिकृत धनकुमारी चौधरीले महिलाका मुद्दा र सवाल बारे प्रस्तुतीकरण गरेका थिए । त्यस्तै कार्यक्रममा ओरेकले हालसम्म गरेको गतिबिधि बारे जानकारी र ओरेकको ३१ औ वार्षिक उत्सवको अवसरमा महिलाको समानुपातिक समाबेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरण आधार भन्ने नाराका साथ राष्ट्रब्यापी अभियानको शुभारम्भ गरिएको थियो । यो अभियान स्थानीय, प्रदेश र संघको निर्वाचनसम्म जारी रहने धन कुमारी चौधरीले जानकारी दिइन् । महिला मानव अधिकार रक्षक सञ्जाल रुपन्देहीकी सचिव अस्मिना पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।