ताजा अपडेट »

मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देही अध्यक्षमा भण्डारी

शनिबार, १९ चैत्र २०७८, २३ : ०५
4 Shares

बुटवल । मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देहीको अध्यक्षमा मणी भण्डारी चयन भएका छन् । उपाध्यक्षमा गोरे अली, सचिवमा गंगाराम सुनार, सहसचिवमा सरीता राना र कोषाध्यक्षमा युवराज काफ्ले चयन भएका छन् ।

शनिबार बुटवलमा भएको जिल्ला कमिटिको पाचौं अधिवेशनले ७१ सदस्यीय कमिटि चयन गरेको छ । खेलकुदमा रुची राख्ने र जनताको बहुदलीय जनवादमा आस्था राख्ने युवाहरुलाई त्यसमा समेटिएको छ । निर्वाचित सबैलाई एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले सपथ ग्रहण गराए । सबैका लागि खेलकुद भन्ने नारासहित मदन भण्डारी स्पोर्ट्स एकेडेमी स्थापना भएको हो ।

यसअघि एक विशेष कार्यक्रमका बिच एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले अधिवेशन उद्घाटन गरे । उनले खेलमार्फत युवालाई स्वस्थ, अनुशाशित बनाउने र नेतृत्वमा ल्याउने अभियानका रुपमा एकेडेमी सफल भएको बताए । उनले युवा र खेलकुद देशको पहिचान भएको बताउदै यसमा राज्यको लगानी बढाउनुपर्ने जनाए । सीपयुक्त खेलाडी उत्पादन गर्ने र खेलाडीलाई व्यवसायिकरण एकेडेमीको लक्ष्य रहेको उनले बताए ।

एकेडेमीका जिल्ला अध्यक्ष कृष्ण देवकोटाले आफ्नो कार्यकालको वार्षिक प्रगति पेश गर्दै युवाहरुलाई एकतावद्घ गराउदै संस्थागत विकास गर्न सफल भएको बताए । सृजनशिल, बौद्धिक रुपमा युवाहरुलाई अगाडि बढाउन मद्दत मिल्ने उनले दाबी गरे । सक्षम, सबल र अनुसासित खेलाडी उत्पादनमा सघाएको बताए ।

कार्यक्रममा एकेडेमीका केन्द्रीय सचिव सुजु मल्ल, शक्ति वस्नेत, केन्द्रीय सदस्य अमृता अनमोल, नन्दु काउचा, पुरण गुरुड., विनोद आचार्य साहित्य प्रतिष्ठानका अजित खनाल लगायतले शुभकामना दिदै खेलको माध्यमबाट अन्तराष्ट्रियस्तरमा देशको पहिचान दिलाउन आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।