२१ माघ २०७९, शनिबार

Feb 4, 2023

लमजुङ । उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधनहरू बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ । बेसीसहर नगरपालिका-७ मा रहेको सहजी र ८ दनाइफाँटमा निर्माण गरिएको बसपार्क उचित नभएकाले सकडमै पार्किङ गर्नुपरेको चालकहरू बताउँछन् । बसपार्क सदरमुकाममै भए पनि मुख्य सडकभन्दा टाढा छ । त्यहाँ सुरक्षा चुनौती पनि छ ।

Advertisement

त्यसैले बजारकै बीच सडकमै पार्किङ गर्नुपरेको बस चालक मनबहादुर गुरुङ बताउँछन् । जथाभाबी पार्किङ र सडकमा राखिएका निर्माण सामग्रीले बजारको शोभा घटाउनुका साथै सडक दुर्घटनाको जोखिमसमेत बढेको बेसीसहर ८ सेराका शिव सिलवाल बताउँछन् । साँघुरो सडकमा जताततै पार्किङ गरिँदा सदरमुकामको बेसीसहर बजार अव्यवस्थित बनेको स्थानीय व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार बजारका साँघुरा सडकमा जथाभाबी पार्किङ गरेपछि अन्य सवारी आवतजावतमा समेत समस्या थपिएको बेसीसहरका व्यवसायी विष्णुनिधि लोहनीले बताए ।

पैदल यात्रुहरूले हिँड्ने ठाउँ पाउनै मुस्किल पर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले तोकेको सहजी बसपार्कको पार्किङ क्षेत्रमा सवारीचालकले सवारीसाधन पार्किङ नगरेको बताए ।

नगरपालिकाले यसअघि पनि बजार क्षेत्रका मुख्य र शाखा सडक छेउमा व्यक्तिगत तथा सार्वजनिक सवारी साधन पार्किङ निषेध गर्दै आए पनि सवारी चालकहरूले अटेरी गर्दै आएका छन् ।

बेसीसहर नगरपालिकाले निर्माण सामग्री हटाउन बेलाबेला सूचना जारी गरे पनि सुनुवाइ भएको छैन । नगरप्रमुख अर्यालले भने, ‘मुख्य बजार अस्तव्यस्त भएकाले सुरुमै नगरपालिकाले बसपार्क र जिप पार्कमा पार्किङ गर्नुहोस् भनेर पटक पटक आग्रह गरेका हौं ।’

बेसीसहरको बजार व्यवस्थापनको कमजोरीका साथै कम ट्राफिक भएकाले  चालकले पनि नटेर्ने गरेको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु नेपालीले बताए । 

घर अगाडी सवारी पार्किङ गर्न थालेपछि छोराछोरीको विद्यालय जाने र आउने बेला के घटना हुन्छ भन्ने चिन्ताले पिरोल्ने गरेको स्थानीय बलराम अधिकारीले बताए ।

पसलअगाडि नै पार्किङ गर्दा व्यवसायीलाई समस्या भएको बेसीसहरका व्यवसायी सन्तोष भट्टराई बताउँछन् । ‘सडक किनारामा पार्किङ गर्दा बजारको स्वरूपसमेत बिग्रनुका साथै सडकमा हिँड्ने बाटो नै पाइँदैन,’ उनले भने, ‘बजारको बीचमा ट्रक ल्याउँदा बाटो साँघुरो छ, जाम हुन्छ ।’

सवारी पार्किङ सहज बनाउन अधिकांश सवारी चालकले सवारी पार्किङ गर्न सहज हुने घर भाडामा लिएर बस्ने गरेका छन् । बिहान र बेलुका खाना खान र परिवारको साथमा रहेर सवारीको पनि रेखदेख हुने भएपछि सवारी चालकहरूले सडक छेउको घरको कोठा भाडामा लिएर सवारी पार्किङ गरेका हुन् । -न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै