ताजा अपडेट »

तिलोत्तमामा सर्वोत्तम टिपिएल ४ : मणिग्राम र शंकरनगर विजयी

शनिबार, १९ चैत्र २०७८, २० : ४४
2 Shares

भैरहवा ।  रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको शनिबार सम्पन्न खेलमा मणिग्राम किङ्स र रोयल शंकरनगर विजयी भएको छ । 

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको तेस्रो खेलमा तिलोत्तमा टाइगर्सलाई मणिग्रामले १० विकेटमा र चौथो खेल न्यु होराइजनलाई ५ विकेटले रोयल शंकरनगर विजयी भएको हो । 

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको तिलोत्तमा टाइगर्गले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रनको योगफल बनायो । जसका लागि आयुश्मान बमले ४६, सन्दीप जोराले २६ रनको योगदान गरे । बलिङतर्फ अनिल खरेलले ३ विकेट लिए । 

जबाफी ब्याटिङमा ११४ रनमको लक्ष्य पाएको मणिग्रमले  १४ दशमलव १ ओभरमा विना विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि ईशान पाण्ड र देव खनालले अविजित ६० र ४४ को पारी खेले । वलिङतर्फ सुदिप जोराले २ विकेट लिए । पहिलो खेलमा अनिल खरेल म्यानअफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको न्यु होराइजनले सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । १९ दशमलव २ ओभरमा समेटिएको टिमका लागि विपिन रावलले २१, राहुल शर्माले १४ रन बनाए । 

जबाफी ब्याटिङमा ९५ रनमको लक्ष्य पाएको शंकरनगरले  १४ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि शंकर रानाले २७ र हरि चौहानले २२ रन बनाए । 

दोस्रो खेलमा धिरज शाही म्यान अफ द म्याच भए । आइतबारको खेल तिलोत्तमा टाइगर्स र नेपथ्य गोल्ड बीच तथा दोस्रो खेल न्यु होराइजन र एकोन भैरहवा बीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । चौथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।