२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले विद्युतीय घर नम्बरिङ प्रणाली सञ्चालनमा ल्याएको छ । उक्त प्रणालीको शनिबार शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले बुटवललाई डिजिटलाइजेशनमा यो प्रणालीले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

Advertisement

विकास र प्रविधिको प्रयोग गर्दै बुटवललाई मुलुकको आर्थिक केन्द्र बनाउनका लागि भएका सकारात्मक पहलहरुलाई निरन्तरता दिँदै अगाडी बढ्न उनले सुझाब दिए । बुटवललाई पर्यटन तथा आर्थिक केन्द्रको रुपमा स्थापित गर्नका लागि योजनावद्ध बिकासका कार्यक्रमहरु अगाडि बढाउनु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल खुसी जनताको अवधारण अन्तरगत बुटवलमा विद्युतीय घर नम्बरिङ प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

उपमहानगरमा सम्पन्न भएका तथा सम्पन्न हुने चरणमा रहेका भौतिक तथा पूर्वाधारको बिकास, शैक्षिक क्षेत्रमा भएका लगानी र योजना, स्वास्थ्यका क्षेत्रमा भएका बिकासले बुटवललाई निकट भविष्यमै समुन्नत बुटवल बनाउने दाबी गरे । दिगो बिकासका लक्ष्य अनुरुप दर्घकालिन योजना बनाएर काम अघि बढेको उनले बताए । बुटवललाई बिकासको रोलमोडलका रुपमा बिकास गर्ने काम भएको उनले उल्लेख गरे ।

शनिबारदेखि सञ्चालनमा आएको विद्युतीय घर नम्बरिङबाट बुटवल उपमहानगर भित्र रहेका सार्वजनिक कार्यालय तथा स्थलहरु, अस्पताल, शैक्षिक संस्था, घर लगायतका सम्पूर्ण विवरणहरु सजिलै पत्ता लगाउन सकिने छ । उक्त प्रविधिले यहाँका सम्पर्ण घर तथा कार्यालयहरुको ठेगाना सजिलै पत्ता लगाउनुका साथै अन्य विभिन्न तथ्याङ्कहरु समेत यसमा समावेश गरिने छ । बुटवलमा विभिन्न सडक अन्तर रहेका घरसम्म पुग्ने बाटो, दुरी, लाग्ने समय तथा समग्र नक्सा मावाइल एप मार्फत सजिलै बत्ता लगाउन सकिने प्राविधि अखिलेश कुमार कर्णले जानकारी दिए ।

सन् २०३० सम्म मुलुकको दिगो बिकासको लक्ष्य हासिल योजना अनुसार नै बुटवलका बिकास निर्माणको कामलाई अघि बढाएको उपमहानगरकी प्रमुख गोमादेवी आचार्यले बताइन् । आर्थिक तथा सामाजिक क्षेत्रमा योजनाबद्ध बिकासले बुटवललाई छिट्टै समृद्ध र खुसी बुटवलको रुपमा स्थापित गराउने उनले बताइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता कर्णाली सरकारको निर्णय- १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने