ताजा अपडेट »

माओवादी दलित समुदायको मित्र हो : पूर्व सांसद पहाडी

शनिबार, १९ चैत्र २०७८, १८ : १४
8 Shares

बुटवल । पूर्व सांसद तथा संविधान सभा सदस्य विनोद पहाडीले नेकपा माओवादी केन्द्रले दलित समुदायको जीवनमा आमूल परिवर्तन ल्याएको बताएका छन् । उनले भने ‘मुलुक माओवादी युद्ध नभएको भए राज्यमा दलित सभागिता शून्य हुने थियो।'

सैनामैना नगरपालिका–७देवपारमा आयोजित दलित मुक्ति मोर्चाको सभालाई सम्बोधन गर्दै उनले जनयुद्ध र आन्दोलनको बलमा संविधानमा दलित सवाल सम्बोधन भएको कुरा बताए । उनले दलित समुदायको मित्र शक्ति माओवादी भएकाले आगामी निर्वाचनमा बिजय गराउन आह्वान समेत गरे ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपा बि.क.ले दलित र महिला हकका कुरा संविधानमा भएपनि राज्य र अन्य राजनीतिक दलले बेवास्ता गरको गुनासो गरिन् ।

सभामा माओवादी नेता रोमनाथ न्यौपाने धन बहादुर बिक, रामबहादुर बिक उमाकन्त घिमिरे,शान्ता थापा जय बहादुर सार्की लगाएतले मनत्ब्य राखेका थिए । भेलामा सैनामैना क्षेत्रकाका जनताको सहभागिता रहेको थियोे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।