ताजा अपडेट »

दुतावासलाई खुला पत्र

शनिबार, १९ चैत्र २०७८, २० : २९
4 Shares

श्री नेपाली दुतावास, संयुक्त अरब इमिरेट्स


नेपालीको संरक्षण गर्नुपर्ने दायित्व, देशको कुटनीतिक मर्यादा तथा आफ्ना देशका नागरिकले विदेशी भूमिमा भोग्ने गरेका सुख र दुखको छहारी बन्नुपर्ने होइन कार्यालय? कोही नेपालीले नेपाल हुँदा आफ्नो ब्यक्तिगत विचार लेखेकै भरमा दुतावासले आफ्नो क्षेत्रााधिकार मिचेर ििवदेशी भूमिमा त्यहिँको प्रहरीमा उजुरि दिनु, थुनामा राख्न उद्दत गर्नु, तथा एकदमै असत्य आरोप लगाएर आम–जनमानसबाट आएका अनुरोधहरुलाई उपेक्षा गर्नुलाई दुतावसका कर्मचारीको गिर्दो नैतिकताले सहजै स्विकार्ला तर, एकजना वैदेशिक रोजगारीमा गएको श्रमिकको लागि, उसको परिवारको लागि तथा प्रजातान्त्रिक मुलुक नेपालका कुनै नगरिकलाई स्विकारयोग्य छैन ।

यूएई तथा अन्य मुलुकमा नेपाली दुतावासको संरक्षणमा हुने यस्ता गैरजिम्मेवारीपूर्ण कार्यहरु बिरलै नयाँ होलान् । तर, यस्ता घटना घटिरहँदापनि मन्त्रालय त चुप लागेरै बस्छ। नबसोस् पनि कसरी, किनकी सारवजनिक ओहोदामा त ब्यक्ति फेरिरहन्छ हाम्रो नेपालमा अनि दुतावासलाई कसले पो घच्घच्याउँछ र?
नेपाल भ्रमणमा रहँदा यूएईमा बिकराल भिजिट भिजासँग सम्बन्धित विचार राखेको आधारमै यूएइको अनुसन्धान ब्यूरोलाइ रिपोर्ट गर्यांै, उमाकान्तको विरुद्ध। उमाकान्तको एउटा विचारले दुतावासको कार्यालयलाई के कति क्षति पुर्यायो,जसले गर्दा तिमीले त्यहाँको प्रहरीमा उजुरी दियांै? अनि तिम्रो कुन नैतिकताले परिवारलाई तथा उमाकान्तका शुभचिन्तकलाई झुटो आस्वासन दियौ? यो भन्दा अझै गम्भीर कुरा त, तिमीले रिहाइको लागि पहल गर्ने आशा देखाएर उल्टो पत्र त्यहाँको न्यायालयलाई पनि पठाएछांै। यी सबै प्रमाण त अहिले मिडियामा प्रकाशित भैसकेका छन् नै, मैले कोट्याउनु त्यति नपर्ला।

यदि उमाकान्तले गलत बोलेको तथा लेखेका थिए भने यो हामिलाई स्विकार्य हुनेथियो होला । तर, आफ्नो निजी विचार तथा आफ्नै करको पैसाबाट तलब बुझ्ने तिम्रो कार्यालयलाई प्रश्न गर्दा तिमीले जवाफ दिनुपर्ने ठाउँमा उल्टै आफ्नो नागरिकलाई जेल पुर्यायौ।

विदेशी भूमिमा तिमि पो सरकारी चिल्ला गाडी चढेर, सुट र बुटमा हिड्छौ होला, कार्यालय तथा आफ्ना काम÷दायित्वहरु त हँुदै गर्छन, यदि भएनन भनेपनि कसैले प्रश्न गर्ने आँट गरेको खण्डमा जेल पुर्यादिई दिइहाल्छौ होला। तर, एउटा श्रमिकको रोजी–रोटीनै खोस्नेगरी यस्तो षड्यन्त्र गर्न तिमीलाई कुन कुराले प्रेरित गर्यो?

आफ्ना अहंकारलाई एकैछिन थाँती राखेर ,तिमी एक पटक उमाकान्तको खुट्टामा आफुलाई उभाएर सोँच त ! दश वर्षदेखि खाडीमा उनले श्रम गरेर, बेलाबखतमा पत्रकारिता गर्दैपनि कति दुःखमा तथा अलपत्रमा परेका नेपालीको उद्दार तथा उनिहरुकालागि आवाज उठाउँदै आएका थिए। यो दुःख कुनै रहरले उनले गरेका अवश्य होइनन् । तर, तिम्रो नजरमा उनि एउटा सिकारको पात्र बन्न पुगेछन्।
के दुतावासमा हुने कुनै सम्स्या उजागर गर्दिनु एउटा नेपालीको अपराध हो? या आफ्नो इच्छा र पेशागत मर्यादाअनुसार पत्रकारिता गर्नु कुनै नेपालीको अपराध हो? या त कि विदेशी भूमिमा रहेका नेपाली नागरिकमाथि उत्तरदायी हुनुपर्ने दुतावास जस्तो संस्था नागरिकभन्दा माथि छ? नेपालको संविधानको धारा १७ को उपधारा (२) ले दिएको प्रत्येक नागरिकलाई आवश्यक विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक त तिम्रो नजरले देखेन छ। सायद त्यो देख्ने अनुभव कल्पना गर्न भएपनि तिमिलाई उमाकान्तको खुट्टामा एकपटक उभिन आग्रह गर्दछु।

आक्रोशका भावनाहरु जति दुतावाससँग होलान्, त्यो भन्दा धेरै निर्दोष हुँदाहुँदै पनि जेलमा बसिरहेका उमाकान्तका शुभचिन्तकमा पनि छन्। तर, यी कुनै आक्रोशले तिमिलाई प्रभाव पार्नेजस्तो त म सोँच्न सक्दैन। तिमिले उमाकान्तलाई पत्रकार भएरै मुद्दा हालेका हांै त? विभिन्न समयमा तिमीबाट आएका अभिब्यक्तिले त उमाकान्त त्यति नाम चलेको पत्रकार नभएकोले गर्दा तिमी अझैसम्म पनि जेलमा गएर नभेटेको रहेछौं।

के विदेशी भूमिमा पनि कसैलाई काखा र कसैलाई पाखा गर्दै कोही शक्तिमा भएका मानिसले पाएको दुःख मात्र बोल्ने गर्दछौ तिमी? यदि त्यसो होइन भने, विदेशी भूमिमा जेलमा पुर्याइएका उमाकान्तका लागि तिमीले के पहल गर्यौ? अनुसन्धानमा लगेको दिनदेखिनै परिवारलाई आस्वस्त पार्दै भित्र चाँहि जालो बुनिरहने तिम्रो योजना थियो? अबका दिनमा चाँहि के भनेर जालो बुन्ने सोचिरहेका छौ? फेसबुकमा लेखेको स्टाटसकै आधारमा दिएको उजुरीलाइ अझै ससक्त बनाउन तिमीले केहि झूटा आरोप त अझै पनि लगाउँछौ होला !

तर, खाडीमा पसिना बगाई श्रम गर्दै आफ्नो जिविकोपार्जन गर्ने उमाकान्त जस्ता लाखौं श्रमिकको आवाज तिमि सुन्छौ भने, देश÷विदेशमा रहेर पत्रकारिता गरिरहेका असन्ख्य पत्रकारको मन बुझ्छौ भने, तथा एउटा मानव भएर मानव अधिकारको सम्मान गर्छौ भने – मेरो एउटा मात्र अनुरोध तिमीलाइ छ–‘ ब्यक्तिगत स्वार्थलाइ थाँती राखेर कुटनैतिक मर्यादा तथा आफ्नो दायित्व पालना गरी, उमाकान्त पाण्डे बिरुद्ध तिमीले जाहेरी दिएको मुद्दा फिर्ता गर।’

मेरो यो अनुरोधलाई इन्कार गर्न तिमीलाइ केहि झन्झटै हुँदैन । तर, तिमीले पनि विदेशी भूमिमा कोही नेपाली नागरिकले अनाहकमा जेलमा बसिरहेको हेर्न सक्दैनांै होला तथा कसैको मानव अधिकार हनन् भएको हेर्न सक्दैनौ भने पुनः अनुरोध गर्दछु ‘उमाकान्त पाण्डे विरुद्द दिएको जाहेरी,मुद्दा फिर्ता गर । निशर्त उमाकाण्ड पाण्डेलाई रिहा गर ।’

-किरण पाण्डे

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।