ताजा अपडेट »

माटो खन्ने क्रममा महिलाको मृत्यु

शनिबार, १९ चैत्र २०७८, १४ : ०६
6 Shares


अछाम । अछाममा घर पाेत्ने माटो खन्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ७ कि धनसरा जैशीको माटो खन्ने क्रममा ढिस्काेले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

चैते दशैँको लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा माटो खाडलमा पुरिएर उनको ज्यान गएको हो । जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने सो घटनामा घाइते  सोही गाँउकी ४ बर्षिया किशाेरी चन्द्रा जैशीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ ।- न्यजु कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।