ताजा अपडेट »

देउवा र मोदीबीचको ‘वान अन वान’ वार्तामा के भयो ?

शनिबार, १९ चैत्र २०७८, १३ : ३४
4 Shares

काठमाडौं ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान अन वान’ भेटवार्ता भएको छ । 

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भएको थियो । 

भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । 

‘दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायका बारेमा विचार आदानप्रदान गरेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर मार्फत जानकारी दिइएको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पनि दुई प्रधानमन्त्री सम्बन्धलाई नयाँ उचाई दिने कुरामा छलफल भएको जनाएका छन् । 

‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मिलेर काम गर्ने,’ देउवा र मोदीबीच भएको छलफलबारे उनले ट्वीटरमा लेखेका छन्, ‘बहुपक्षीय साझेदारीमा व्यापक एजेण्डाहरु वार्तामा छन् ।’ 

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनी आइतबार स्वदेश फर्कनेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।