ताजा अपडेट »

खाना नदिएको झोंकमा कोदालो प्रहार गरी आमाको हत्या

शनिबार, १९ चैत्र २०७८, ०९ : ३८
14 Shares

नुवाकोट। नुवाकोटको पुर्वी भेगमा रहेको ओखरपौवामा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

विदुरदेखि ५५ किलोमिटर पुर्वमा रहेको ककनी गाउँपालिका-१, नयाँवस्ती घर भएकी ६५ वर्षिया कान्छीमाया वलामीको उनका छोरा ३३ वर्षिय भीमवहादुर वलामीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मादक पदार्थ सेवन गरि रातको समयमा घरमा कोही नभएको बेला भीमवहादुरले आमा कान्छीमायालाई घरायसी विवादमा कोदालो प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

प्रहरीले युवकलाई पक्राउ गरी कारवाहीको लागि कर्तव्य ज्यान मुद्धा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले प्रहरीले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार जिल्ला अदालतमा भीमवहादुरविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।