ताजा अपडेट »

रुख ढाल्ने क्रममा एक पुरुषको मृत्यु, ३ जना नियन्त्रणमा

शनिबार, १९ चैत्र २०७८, ०८ : ४१
2 Shares

इलाम । रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ । इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । 

स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए । सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्तबहादुर राई र कुवेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई रुखले लागेको थियो ।

के कारणले रुखले लागेर उनको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुरका सुवास राई र रुख काट्ने इलाम नगरपालिका–४ का स्थानीयवासी सन्तबहादुर र कुवेरलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।