ताजा अपडेट »

जग्गा प्लटिङको पर्खाल खस्दा दुई मजदुरको मृत्यु

शुक्रबार, १८ चैत्र २०७८, २२ : ५०
4 Shares

काठमाडौं । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।

चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।