२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमामा सर्वोत्तम टिपिएल २०७८ सुरु भएको छ । प्रतियोगिताको शुक्रबार एक समारोहकाबीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले नगरमा संघ र प्रदेश सरकारको सहयोगमा खेलकूद विकास अघि बढाएको बताए ।

Advertisement

ितलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिातको उद्घाटन समारोहमा समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले राष्ट्रकै नमूना नगरपालिकामा तिलोत्तमा प्रिमियर लिगको चौथो संस्करणमा संचालन हुनु गौरवको विषय भएको बताए । क्रिकेट खेलमा नेपालको प्रदर्शन बढाउन र राष्ट्रियस्तरको खेलाडी उत्पादनमा प्रतियोगिताको योगदान रहेको भन्दै यसको निरन्तरता जरुरी रहेको बताए ।

कार्यक्रममा सर्वोत्तम सिमेन्टका रिजनल सेल्स म्यानेजर रमेश ढकाल, तिलोत्तमा खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङ, अध्यक्ष गोबिन्द भुषाल, क्यान प्रदेशका सचिव सन्जय गुरुङ, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, राष्ट्रिय कोच वसन्त शाही, समितिका उपाध्यक्ष राजेन्द्र केसी, सहसचिव मिलन भण्डारीले स्थानिय खेलाडीहरुलाई राष्ट्रियस्तरमा जोड्ने रुपमा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

शुक्रबारको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्डस विजयी भएको छ । ज्ञानोदयले भैरहवा–११ माथि १७ रनको जित निकालेको हो । टस जितेर ब्याटिङ गर्न उत्रेको ज्ञानोदयका ब्याटसम्यानहरुले १९.६ ओभरमा १ सय २५ रनको योगफल तयार गरेको थियो । ज्ञानोदयका भिम सार्कीले ३८ र अमित श्रेष्ठले ३७ रनको योगदान दिएका थिए । खेलमा भैरहवाका अमृत गुरुङले ३ तथा योगेन्द्र कार्की र दुर्गेस कुर्मिले समान १–१ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछयाएको भैरहवा–११ का ब्याट्सम्यानहरु १७.५ ओभरमा १ सय ८ रनमा अलआउट भए । भैरहवाका सोनु तामाङले ३० तथा ओपनर सुसान्त थापाले २५ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन । ज्ञानोदयका जितेन्द्र यादवले ३ तथा प्रतिस जिसिले २ विकेट लिएका थिए। ज्ञानोदयका जितेन्द्र यादव म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता कर्णाली सरकारको निर्णय- १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ ३ जना सम्पर्क बाहिर