ताजा अपडेट »

नवलपरासीमा नदिजन्य पदार्थसहित ४ ट्याक्टर नियन्त्रणमा

शुक्रबार, १८ चैत्र २०७८, २१ : ५३
6 Shares


परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका स्थित झरही खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने चार ओटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान शसस्त्र प्रहरी कमान्ड पोष्ट परासीको टोलीले झरही खोलाको पुल नजिकैबाट नदिजन्य पर्दाथ उत्खनन् गरेको पाइएपछि ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

पुलको ५ सय मिटर आसपास कुनै उत्खनन् गर्न नपाइने भएपनि उक्त ट्याक्टरमा एक सय मिटर नजिकै धमाधम नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएपछि शुक्रबार आज बिहान नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी बल २६ नम्बर गणका डिएसपी माधव रेग्मीले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरलाई थप कारवाहीका लागि रामग्राम नगरपालिकामा बुझाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले नियन्त्रणमा लिएका ट्याक्टर आवश्यक जरिवाना गरी छाडिने बताए । नदिजन्य पर्दाथ सहित नियन्त्रणमा लिएका ट्याक्टरमा लु २ त ९०९८, लु२ त १५६३, लु ३ त ९३२५, लु ३ त ५६१४ नम्बरका रहेका छन् । नदि जन्य पर्दाथ संकलनका लागि नगरपालिकाले झरही खोला ठेक्कामा लगाइसकेको छ । जिल्लाका विभिन्न खोलामा अहिले नदिजन्य पर्दाथको दोहन भइरहेको पाइएपनि स्थानीय तह र प्रहरी प्रशासन भने मौन बस्ने गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।