ताजा अपडेट »

पर्यटन नीति बनाउन रुपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीको माग

शुक्रबार, १८ चैत्र २०७८, २० : ०९
2 Shares

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको शुक्रबार बुटवलमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा होटल तथा पर्यटन व्यवसायीहरुले पर्यटन नीति बनाउन तीनै तहका सरकारसँग माग गरेका छन्। पर्यटन क्षेत्रको विकास गर्ने गरी राज्यको स्पष्ट पर्यटन नीति नभएकाले पर्यटन व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीले औंल्याएका छन्।

उनिहरुलेपर्यटन र कृषि क्षेत्रको विकासमा राज्यले कुरा मात्र गर्ने व्यवहारमा कार्यान्वयन नगर्दा समस्या विकराल बनेको गुनासो गरेका छन । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय कोरोना संक्रमण घट्दै गएपछि केही सहज हुन थालेको बेला देशको अस्थिर राजनीतिले पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीको भनाई छ ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधवप्रसाद नेपालले राज्यको स्पष्ट पर्यटन नीति नभएकै कारण पर्यटन क्षेत्र फस्टाउन नसकेको बताए । पर्यटन क्षेत्रको विकासले देशको आर्थिक समृद्धि हुने प्रसस्त सम्भावना रहेपनि त्यसप्रति राज्यले ध्यानदिन नसकेको उनले दाबी गरे । उनले देशलाई आर्थिक रुपले सम्वृद्विबनाउनपर्यटन र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर समयको मागअनुसार स्पष्ट नीतिनै चाहिने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पर्यटन व्यवसायलाई राज्यले उद्योग सरहको मान्यता दिने निर्णय गरेपनि कार्यान्वयन हुन नसकेको बताए। विदेशी मुद्दा आर्जनको एकमात्र स्रोत्तको रुपमा रहेको पर्यटन व्यवसाय धरासायी अवस्थामा पुगेको,रोजगारी गुमेको र व्यवसायी पेशावाट पलाएन हुँदापनि राज्यपक्ष गम्भीर हुन नसकेको धारणा राखे । कोभिड अवधीको विद्युत डिमाण्ड चार्ज छुट गर्ने सरकारको निर्णय ठिक भएपनि सबै व्यवसायीले सेवा लिन नसकेको बताए।

पर्यटन व्यवसायीगोपाल रानाले पर्यटन क्षेत्रको विकासकालागि राज्यले चासो दिनुपर्ने बताए । उनले कृषि र पर्यटनलाई बुद्ध जन्मस्थल लुम्बिनीसंग जोडर यस क्षेत्रको विकास गर्न सकिने बताए ।

कार्यक्रममा ,पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डे,सिद्वार्थ होटल व्यवसायी संगठनका अध्यक्ष पिताम्बर न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिवविमलराज भट्टराई, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्षहरु पे्रमलाल पाण्डे,महेन्द्र श्रेष्ठ, मोदनाथ बेल्वासे, समुन्द्र जीसी रुपन्देही व्यापार संघका प्रकाश ढकाल, यातयात मजदुर भलाई कोषका योग गुरुङ,संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम ,महासचिव माधव प्रसाद खनाल एति डिष्टीलरीका बजार प्रतिनिधि प्रितम गिरी लगायतले कोरोनाले थला परेको व्यवसायको पुनरउत्थानका लागि पुर्नकर्जाको भुक्तानीको समयावधी ५ वर्ष पुराउन माग गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।