२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

काठमाडौं । सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका सतप्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप अभियान सुरु गरेको १४ महिनाको तथ्यांकमा सरकारले लक्षित १८ वर्ष माथिका जनसंख्याको ९३।४ प्रतिशत अर्थात एक करोड ८६ लाख एक हजार ४७७ जनालाई पहिलो मात्रा खोप लगाएका छन् ।

Advertisement

त्यस्तै सो उमेर समुहका जनसंख्याको एक करोड ६३ लाख ९५ हजार ६८ अर्थात ८२।३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले सो उमेर समुहका एक करोड ९९ लाख २२ हजार १६४ जना लक्षित जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्य पूरा गर्न पहिलो मात्रालाई आधार मान्ने हो भने सात प्रतिशत र पूर्णमात्रालाई आधार मान्ने हो भने १८ प्रतिशत जनसंख्यालाई खोप लगाउन बाकी छ ।

तर कोरोना संक्रमणदर घटेसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्यामा पनि कमी आएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राले ले समयमानै लक्ष्य अनुसार अभियान पूरा हुने बताउनुभयो । पछिल्लो केही दिनदेखि ५० हजारको हारहारीमा मात्रै खोप लगाउने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन अनिवार्य रूपमा कोरोना विद्धको खोप लगाइसक्नु पर्छ । सरकारले बैशाख मसान्तसम्म १२ वर्ष माथिका सतप्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

कुल जनसंख्याको कतिले लगाए खोप
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा सरकारले हालसम्म चार करोड सात हजार ८६१ मात्रा खोप लगाइएको छ । ती मध्ये एक करोड ८७ लाख ६२ हजार ७२७ जनाले एकमात्रा खोप लगाएका छन् भने एक करोड ९० लाख ८५ हजार ६३२ जनाले पूर्ण मात्रा लगाएका छन्।

सरकारले कुल जनसंख्याको दुई करोड ९१ लाख ९२ हजार ४८० जनालाई खोप लगाउने लक्ष्य लिएको छ । लक्ष्य मध्ये बिहीबारसम्म दुई करोड २० लाख १८ हजार ४३० जना अर्थात ७५।४ प्रतिशतले एक मात्रा र एक करोड ९० लाख ८५ हजार ६३२ जना अर्थात ६५।३ प्रतिशतले कुलजनसंख्याले पूर्णमात्रा खोप लगाएका छन् ।

१२ वर्ष माथिका ७२ प्रतिशले लगाए पूर्णमात्रा
यस्तै, सरकारले १२ वर्षमाथिका ३४ लाख पाँच हजार ४५५ जना लक्षित समुहलाई खोप लगाउने लक्ष्य लिएको छ । सो उमेर समुहका ३१ लाख २५ हजार ३८५ जना अर्थात ९१ प्रतिशतले एकमात्रा खोप लगाएका छन् भने २४ लाख ७१ हजार ७८९ अर्थात ७२ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।

२१ लाखबढीले लगाए बुस्टर खोप
मन्त्रालयको तथ्यांक अनुसार बिहीबारसम्म करिब २१ लाख ५९ हजार ५०२ जनाले बुस्टर डोज लगाएको जनाएको छ ।
सरकारले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह गरेको छ । कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना पुगेकामध्ये अधिकांश बुस्टर मात्रा लगाउन मन्त्रालयले आग्रह गरेको हो ।

चिकित्सकका अनुसार खोप लगाएको ६ महिनापछि शरीरमा एन्टिबडी घट्दै जान्छ । त्यसैले पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रूपमा बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।

५ वर्ष देखि ११ वर्षले कहिले पाउँछन् खोप ?
५ वर्ष देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई खोप दिन राष्ट्रिय खोप सल्लाहकार समितीले सिफारिस गरिसकेको छ । सल्लाकार समितिले सिफारिस गरेको भए पनि उक्त खोप अभियान सुरु गर्न क्याबिनेटको निर्णय चाहिने भएकोले क्याविनेटको निर्णयपछि उक्त अभियान सुरु गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा:सुरेन्द्र चौरसियाले बताए ।

‘राष्ट्रिय खोप सल्लाहकार समितिले बालबालिकालाई खोप लगाउन सिफारिस गरिसकेको छ । अब क्याविनेटको निर्णयपछि मात्र काम अगाडि बढ्छ । बालबालिकालाथि ८४ लाख खोप आवश्यक रहेकोले विभागले फाइजर खोप ल्याउने कम्पनीसँग सहमती भैसकेको छ । क्याविनेटको निर्णयपछि काम अगाडि बढ्छ ।

चार करोड ७८ लाख बढी खोप प्राप्त
नेपालले अहिलेसम्म विभिन्न मुलुकसँग खरिद र सहयोगस्वरुप चार करोड ७८ लाख ८२ हजार आठ सय मात्रा खोप प्राप्त गरेको छ । सरकारले कोभिशिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका र सिनोभ्याकका खोप नेपाल भित्र्याएको छ। चैत १४ गतेमात्रै नेपालमा पहिलो पटक सिनोभ्याक ४० लाख मात्रा खोप आइपुगेको छ ।

चीन सरकारको अनुदान सहयोगमा आइतबार र सोमबार गरी ४० लाख मात्रा खोप आएको डा।चौरसियाले बताए । उक्त खोप टाइफाइड विरुद्धको खोप अभियान पछि मात्रा संचालनमा ल्याउने डा चौरासियाले जानकारी दिए। यो खोप १८ वर्षभन्दा माथिकालाई दुई मात्रा दिइन्छ । यस खोपलाई ७० भन्दा धेरै देशले प्रयोगका लागि मान्यता दिएका छन् । -सिर्जना खत्री/गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता