१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाडौं। यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप-२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागीता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन । यसपटकको विश्वकप २१ नोभेम्बरबाट सुरु भई १८ डिसेम्बरमा समाप्त हुनेछ । विश्वकपकै इतिहासमा पहिलो पटक खेलहरू विन्टरमा हुँदैछन् । 

Advertisement

विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट ५, एसिया र कन्मेवलबाट समान ४ (दुबैबाट एक प्लेअफ टिम) रहँदा कोन्काफ ३ (एक प्लेअफ) र ओसियानाबाट १ (प्लेअफ) देशले सहभागीता जनाउनेछन् । विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले ३२ टोलीलाई (प्लेअफ सहित) चार ‘पोट’ मा बिभाजन गरेको छ । आज (शुक्रबार) राति नै विश्वकपको ‘ड्र’ समेत हुँदैछ । पोट ‘ए’ मा रहेका विश्व वरीयताका शीर्ष सात र एक आयोजक टिमले अन्य तीन ‘पोट’बाट एक एक टिम पाउँदा एक समूहमा चार टिम रहनेछन् ।

हालसम्म यरोपबाट बेल्जियम, क्रोयशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जमर्नी, नेदरल्यान्ड, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन र स्विजरल्यान्ड रहेका छन् ।यस्तै कन्मेवल अर्थात दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वे छनोट भएका छन् । यता, कन्काफबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन् । यता, अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन छनोट भएका छन् । 

यता, एसियाबाट आयोजक कतार सहित जापान, दक्षिण कोरिया, साउदी अरबिया र इरान छनोट भएका छन् । अब, विश्वकपमा प्लेअफबाट वेल्सविरुद्ध स्कटल्याण्ड र युक्रेनबीच एक, अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पेरु एक, कोस्टा रिकाविरुद्ध न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ र तीन टिम छनोट हुनेछन् । 

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु