ताजा अपडेट »

सुनको मूल्य ९९ हजार सात सय रुपैयाँ

शुक्रबार, १८ चैत्र २०७८, १२ : १२
21 Shares

काठमाडौँ । सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे छ। 

यसअघि,बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ १० रुपैयाँ बढेको छ  । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ  निर्धारण भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।