१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

लुम्बिनी । रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो । सैनामैना नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारका लागि भन्दै वडा नं ११ कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो ।

Advertisement

तराई–मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएका नमूना घरमा एक शौचालय र तीन कोठा रहेका छन् । आर्थिक वर्ष २०७५/७६ देखि सुरू गरिएको बस्ती निर्माणमा रु एक करोड ८६ लाख ५७ हजार बजेट लगानी भएको नगरपालिकाका इञ्जिनियर अरूण खनालले जानकारी दिनुभयो । नगरपालिकाले निर्माण गरेका १० घरमध्ये बिहीबार नौ घर हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले नगरपालिकाका सबै वडाबाट एकरएक सबभन्दा विपन्न परिवार छनोट गरी घर हस्तान्तरण गरिएको जानकारी दिए । नगरपालिकाले उपप्रमुख बीना रानाको संयोजकत्वमा सन्तकुमार चौधरी र पञ्जीकरण अधिकृत केशवराज अर्याल सदस्य रहेको समिति गठन गरी विपन्न परिवार छनोट गरेको थियो । वडा कार्यालय र समितिले गरेको सिफारिसका आधारमा उक्त परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

चक्रपथ निर्माणका क्रममा वडा नं ५ मा रहेको सानो घरसमेत भत्काएर विस्थापित बनेकी राजकुमारी थारूले नगरपालिकाले घर बनाएर दिएपछि खुसी लागेको बताए । विकास निर्माण गर्दा घरखेत नै गुमाउने परिवारलाई नगरपालिकाले जस्तै बासको व्यवस्था गरिदिनुपर्ने उनले बताए ।

विपन्न परिवारलाई घर हस्तान्तरण गर्दै राष्ट्रियसभामा नेकपा ९एमाले०का प्रमुख विपक्षी दलका नेता खिमलाल भट्टराईले सरकार नागरिकका हरेक दुःखसुखमा सँगै रहनुपर्ने बताए। हस्तान्तरण गरिएका घरपरिवारबाट नगरपालिकाले मासिक रु १०० शुल्क लिने गरी कार्यविधि बनाइएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड