१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

भैरहवा । बुटवलमा सम्पन्न अखिल कप २०७८ को उपाधि मणिमुकुन्द कलेजले हात पारेको छ । अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष स्व रामनाथ ढकालको स्मृतिमा बिहीबार  सम्पन्न जिल्ला स्तरिय अन्तर कलेज भलिबल प्रतियोगिताको फाईनलमा बुटवल बहुमुखी क्याम्पसलाई ३–० को सेटमा पराजित गर्दै मणिमुकुन्द कलेजले उपाधि हात पारेको हो । उपाधिसंगै उसले नगद ३३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ। उपविजेता बुटवल बहुमुखी क्याम्पस नगद २२ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । 

Advertisement

अनेरास्ववियु जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा भएको खेलमा मणिमुकुन्द कलेजले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५–१९, २५–२३, २६–२४ अंकको सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेको हो। प्रतियोगितामा यज्ञाेदय दुधनाथ थारु बहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्दै नगद ११ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ। 

एक समारोहकाबीच नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यमराज पाण्डे, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, अनेरास्ववियु सचिवालय सदस्य बालकृष्ण पाण्डे, केन्द्रीय सदस्य नवीन थापा सारु, साजन भण्डारी, कृष्ण बश्याल, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, बुहमुखीका डा खिमानन्द न्यौपाने, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष भगवती पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, सचिव प्रकाश पराजुलीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजानुपर्ने सुझाव दिए । आफनो खेल जिवनको स्मरण गर्दै बुटवल खेलको उर्वरभुमि भएको बताए। खेलस्तरलाई बढाउन थप प्रतियोगितामा भाग लिनुका साथै नियमीत प्रशिक्षण बढाउन आग्रह गरे। प्रतियोगितामा जिल्ला २२ वटा कलेजहरुले भाग लिएका थिए । 

प्रतिकृया दिनुहोस्

Flash News

श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ, के आउला अन्तिम फैसला ? तिलाेत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविकाे ५८ औं वार्षिकोत्सव तथा अविभावक दिवस