ताजा अपडेट »

पूर्वमन्त्री ज्ञवालीद्वारा निर्माणाधीन गुल्मी अस्पताल भवनको निरीक्षण

विहीबार, १७ चैत्र २०७८, २० : ४२
8 Shares

गुल्मी । निर्माणको क्रममा रहेको गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन पूर्व परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदीपकुमार ज्ञवालीले निरिक्षण गरेका छन् । बिहीबार जिल्ला सदरमुकाम तम्घास आएका ज्ञवालीले निर्माणाधीन भवनको पछिल्लो अवस्थाको बारेमा जानकारी लिएका थिए । भवन निर्माणको तर्फबाट इन्जिनियरले हालसम्म २३ प्रतिशत काम भएको जानकारी गराएका थिए

। निरीक्षणको क्रममा ज्ञवालीले तोकिएकै समयमा भवनको गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिएका थिए । ज्ञवालीले जिल्ला वासी बिशेषज्ञ सेवा सहितको अस्पताल अभावमा अनेत्र जानुपर्ने बाध्यताको अत्य गर्न अत्याधुनिक भवन निर्माणको काम अगाडी बढाइएको बताए । गुल्मी अस्पताल स्थापना भएको लामो समयदेखि जीर्ण र साँघुरो भवनबाट सेवा प्रवाह गर्न बाध्य रहेको छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणका काम तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् ।

गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको छ । २०७८ साल असार १८ गते सम्झौता भइ काम सुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने गरि काम अगाडि बढेको छ । जिल्ला अस्पतालको भौतिक संरचना निमार्णका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना कार्यान्वयन इकाइ भवनबाट रकम विनियोजन गरेको छ । अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे.भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा निर्माणको काम गरिहेको छ ।

अहिले आवश्यक संरचना नहुँदा चाहेर पनि बिरामी भर्ना गर्न कठिनाइ हुने गरेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए । अहिले पनि गुल्मी अस्पतालबाट ठाउँकै कारण सेवामा कुनै कमी नभएको डाक्टर पच्चाको भनाई छ । नयाँ भवन बनेपछि प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछन् । नयाँ भवन निर्माणसँगै गुल्मीमै थप सेवा बिस्तार हुनेभएकाले गुल्मी वासीको लागि खुसीको कुरा रहेको स्थानीयको भनाई छ । अहिले गुल्मीमा स्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीयहरु पाल्पा र बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।