२१ माघ २०७९, शनिबार

Feb 4, 2023

बुटवल । जेसीज आफैंमा मानवितयता ,समाज सेवासँगै नैतिकताप्रति प्रतिबद्ध संस्थाको रुपमा परिचित छ । यहि मूल्य मान्यतामा बुटवल लेडी जेसीजले पनि मानवियता समाज सेवा र नैतिकताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ ।

Advertisement

विद्यालयका बालबालिका तथा अभिभावकहरुलाई लक्षित गरि बुटवल लेडी जेसीजले विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने बुटवल उपमहानगरपालिका वडा न.३ को चिडया खोलामा रहेको चिडियाखोला बाल विकास केन्द्रमा अभिभावकहरुलाई ‘भविष्यका कर्णधारका लागि नैतिक शिक्षा र कुशल अभिभावक’ तालिम प्रदान गरेको छ ।

वर्तमान अवस्थामा विशेष गरेर कम शिक्षित र पिछाडिएका वर्गका लागी नैतिक शिक्षा अपरिहार्य रहेको बुटवल लेडी र यो वर्गका अभिभावकका सन्तानहरुको समृद्ध भविष्यका लागि नैतिक शिक्षासंगै कुशल अभिभावक तालिमको आवस्यकता महशुस गरि बुटवल लेडी जेसीज ले यो तालिम सन्चालन गरोको युवा समाजसेवी र व्यवसायी समेत रहेकी बुटवल लेडी जेसीजकी अध्यक्ष अनुपमा श्रेष्ठले बताइन् ।

‘समाजमा गुणस्तरीय र नैतिक शिक्षा प्रदान गर्न सक्यौं भने मात्र दिगो विकास सम्भव हुनेछ भन्ने मान्यता बुटवल लेडी जेसीजको छ ।’ उनले भनिन् ।

बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको एकदिने प्रशिक्षण कार्यक्रमलाई सत्यसाई सेवा संगठन लुम्बिनी अध्यक्ष/ईसिडीएफ प्रशिक्षक,पूर्व राष्ट्रिय शिक्षा संयोजक प्रकाश भट्टराईको प्रमुख प्रशिक्षण रहेको कार्यक्रम अयोजना गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा चिडिया खोला बाल विकास विद्ययालय व्यवस्थापन समितीका अध्यक्ष मैया भट्टराई,कोषाध्यक्ष गोपाल प्रधान,सदस्यहरु मन्जु प्रधान,पुनम लिगल ,शिक्षिका बिन्दु गौतम लगाएत बुटवल लेडी जेसीजका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो। तालिम कार्यक्रममा विद्यालयका बाल बालिका , अभिभावक र स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।

बुटवल लेडी जेसीजका सुष्मा घिमिरे सँयोजक रहेको तालिम कार्यक्रमको सन्चालन महासचिव सचिव संगिता ढकालले गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै