१६ माघ २०७९, सोमबार

Jan 30, 2023

काठमाण्डौं । स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । 

भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका युवक दासलाई गए राति नै प्रहरीले जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएकामा भन्सार कार्यालय बन्द रहेको हुँदा उनलाई आज रकमसहित बुझाइने प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु