ताजा अपडेट »

आजकाे माैसम : केही ठाउँमा मेघ गर्जसहित हल्का वर्षाको सम्भावना

विहीबार, १७ चैत्र २०७८, ०७ : ०२
24 Shares

काठमाण्डाैं । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १ को थोरै र बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।