ताजा अपडेट »

१ सय नेपाली महिलाको उद्दार, ३१० जना पुगे बर्मा

शनिबार, १९ माघ २०७५, १८ : ०२
8 Shares

माघ १९,

काठमाडौं । भारतका विभिन्न क्षेत्रबाट १ सय बढी नेपाली महिलाको उद्दार गरिएको छ । अवैध रुपमा विभिन्न मुलुक लैजान खोजिएका १ सय भन्दा बढी नेपाली महिलाको दिल्लीका विभिन्न स्थानबाट उद्दार गरिएको हो ।

माइती नेपाल र दिल्लीका विभिन्न निकायले शुक्रबार दिउँसो र राति गरी चार जना दलालसहित एक सय तीन जना नेपाली महिलालाई नियन्त्रणमा लिएको माइती नेपालले जनाएको छ।

उनीहरुलाई म्यानमारको बाटो भएर इराक र दुबई लैजान लागिएको आशंका गरिएको छ । उनीहरुलाई म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङनेपालबाट उद्दार गरेको हो ।

नेपाली महिलाहरुलाई अवैध रुपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचनाको आधारमा मणिपुर प्रहरीले शुक्रबार विहानबाटै सर्च अपरेशन चलाएको थियो । त्यसपक्रमा विभिन्न ठाउँबाट उनीहरुको उद्दार गरिएको हो । उद्दार गरिएका नेपाली महिलालाई छिट्टै नेपाल ल्याइने माईती नेपालले जनाएको छ ।

मानव तस्करी गर्ने चार जना पक्राउ परेपनि एक जनाको मात्र पहिचान भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङको मात्र पहिचान खुलेको हो । बर्माको बोर्डर मोरे भन्ने ठाउँबाट बर्मा लैजाने र त्यहाँबाट दुवई, इराक, इरान कुवेत लगायतका देशमा लैजाने तयारी गरिररहेका थिए ।

नेपाली महिलाको उद्दारमा यट्चेक नेटवर्क, इम्पल एनजिओ नेटवर्क, मनिपुर प्रहरी, मनिपुरको बालबालिका आयोग लगायत सक्रिय भएका थिए। गत डिसेम्बर र जनवरीमा मात्रै यो बोर्डरबाट तीन सय १० जना नेपाली बर्मा गएको तथ्यांक समेत प्रहरीले फेला पारेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।