ताजा अपडेट »

सिए पढेर योगतिर लागेका युवा गम्भीर जिउने कला सिकाउँदै

बुधबार, १६ चैत्र २०७८, ०९ : २९
2 Shares


रिडी । प्रकृतिसँग योग सुन्दा अनौठो तर, जागरण अभियानले प्रकृतिलाई जोडेर योगाभ्यास गराएको छ । व्यस्त जिन्दगीबाट केही समय आराम गर्न र मन शान्त पार्न शान्त ठाउँको खोजि गर्दै गएको शनिबार काठमाडौको उत्तरी भेगको भुवनेश्वरी मन्दिरदेखि तारकेश्वर गुफा सम्मको यात्रा पश्चात् शान्त रमणिय तारकेश्वर मन्दिर प्राङ्गणमा योग प्रणायाम गरिएको थियो ।

भौतिक सुख क्षणिक हुने र भन्दै प्रकृति र पुरुषको मिलनले जीवनको सार्थकता भेट्न सकिने पुर्विय दर्शनलाई आत्मसात गर्दै अभुतपूर्व योगाभ्यास गरिएको योग गुरु गम्भीर श्रेष्ठले जानकारी दिए। जीवनका ३१औं वसन्तमा पाईला चाल्दै गरेका गम्भीर श्रेष्ठ एका बिहानै योगको माध्यम बाट जिउनेकला सिकाउँदै गरेको भेटिन्छन् ।

यो उनको दिनचर्या हो ।जीवन के हो र कसरी जीवन जिउने आधुनिक युगका मान्छेहरु अनविज्ञ छन् । तर ,आधुनिक युगका मान्छे गम्भीर भने तिनै आधुनिक युगका मान्छेहरुलाई जीवन जिउने पाठ पढाउँदै छन् । २०४६ साल फागुन १७ गते अर्घाखाँचिको डिभर्नामा बाबा नारायण प्रसाद श्रेष्ठ र आमा सिर्जना श्रेष्ठको कोखबाट जन्मिएका गम्भीर श्रेष्ठ वास्तविक जीवनमा पनि योगी जस्तै गम्भीर छन् ।

प्रारम्भिक शिक्षा अर्घाखाँचि हुँदै बुटवल र उच्च शिक्षा काठमाण्डौ हुँदै दिल्लीमा लिएका गम्भीरलाई दिल्लीले योगतिर आकर्षण गर्याे। चार्टर एकाउन्टेन्टको अध्ययनका लागि दिल्ली रहँदा प्रध्यापक पि ए साथुरको उत्प्रेरणाले उनी योगतिर मात्र तानिएनन् दिल्लीमा योग साधनाले उत्प्रेरित हुँदै अँगारमा खाली खुट्टा हिँडेपछि स्थानीय मिडियामा उनी चर्चामा रहे ।

‘सानैदेखि समाजमा परिवर्तन ल्याउनु पर्छ भन्ने मेरो सोँच थियो अर्घाखाँचिमा जन्मे पनि म नयाँ केही गर्न चाहन्थेँ नैतिक बन्नु पर्छ र सबैका लागि जिउनु पर्छ भन्ने भावनाले मलाई योग तिर खिच्यो ।’ उनले भने । दिल्लीबाट चार्टड एकाउन्टमा सेमिक्वालिफाईडको पढाई सकेर नेपाल फर्किएपछि मुख्यतया नेपालका योगगुरु डाक्टर विकाशानन्दसँगको सान्निध्यतामा पुगेपछि उनले योग शिक्षामा अझै पारम्त हासिल गरेको बताउँछन्।

दृढ इच्छाशक्ति र निरन्तर लगनशीलताले गम्भीरलाई यसरी अगाडि बढायो कि उनी यतिबेला सिद्धहस्त योग साधक मात्र होईन योग गुरु बन्न सफल भएका छन ।निरन्तर साधनासँगै उनले योग क्षेत्रका खेलकूदहरुमा पनि राष्ट्रिय र अन्तराष्ट्रिय सफलता हासिल गरेका छन् ।

राष्ट्रिय योग खेलकूद च्याम्पियनशिपमा स्वर्ण पदक बिजेता गम्भीरले दक्षिण एसियाली योग खेलकूद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै दोस्रो हुन सफल भए भने अनेकौँ योग खेलकूदमा भाग लिएर सफलता हासिल गरेका छन् । विश्व योग अलाइन्सबाट योग शिक्षकको प्रमाणपत्र लिइसकेका उनी दिल्लीबाट चार्टड एकाउन्टेन्ट र नेपालबाट बुद्ध दर्शनमा स्नातकोत्तर हुन् ।

जागरण ईन्टरनेशनल मार्फत योग शिक्षा दिइरहेका उनले नेपालमा कोरोना सँक्रमण शुरु भएसँगै दैनिक बिहानमा सामाजिक सञ्जालमार्फत योग कक्षा सञ्चालन गरिरहेका छन् । यसरी योगकक्षा सञ्चालन गर्ने जागरण फाउण्डेसन पहिलो संस्था हो ।

पूर्विय सभ्यताको विश्वलाई धेरै कुराको देन र त्यसमध्ये योग पनि एक हो जस्ले मान्छेलाई जिउने कला सिकाउँछ योग प्रशिक्षक गम्भीर श्रेष्ठको भनाई छ ।

मान्छे खुशी र सुखी रहनुपर्छ यसका लागि योग ध्यान र साधनाले मात्र समस्त मानव जाती स्वस्थ सुखी र खुशी रहन सक्छ । यहि मान्यतामा यतिबेला पथप्रदर्शकको रुपमा युवा योग प्रशिक्षक गम्भीर श्रेष्ठ निरन्तर योग साधना र प्रशिक्षणमा खटिइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।