ताजा अपडेट »

इजरायलमा एक हप्तामा तेस्रो आक्रमण, गोलाबारीमा थप ५ जनाको मृत्यु

बुधबार, १६ चैत्र २०७८, ०९ : १०
2 Shares

काठमाण्डौं । इजरायलको तेल अभिभको बाहिरी भागमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ । इजरायलमा एक हप्ताको अन्तरमा यस्तो प्रकारको हिंसात्मक आक्रमण भएको यो तेस्रो घटना हो ।

यहुदीहरूको बाक्लो बस्ती रहेको बनेई क्षेत्रमा यो घटना भएको बताइएको छ । गोलाबारीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानेर मारेको घटनास्थलमा उद्धार कार्यमा संलग्न एक जनाले बताएका छन् । इजरायली अरबहरूले गत मंगलबार र आइतबार हिंसात्मक हमला गरेपछि इजरायलका सुरक्षाकर्मी उच्च सतर्कतामा रहेका थिए । ती घटनाहरूमा ६ जना मारिएका थिए ।

घटनास्थलबाट प्राप्त भिडियोमा कालो कपडा लगाएका बन्दुकधारीले प्वाइन्ट ब्ल्याङ्क रेञ्जमा कारमाथि अन्धाधुन्ध गोली चलाएको देख्न सकिन्छ । जेरुसेलम पोस्टका अनुसार एक व्यक्ति कारमा र अन्य नजिकैको बाटोमा मृत फेला परेका थिए । घटनालगत्तै इजरालयका प्रधानमन्त्री नाफताली बेनेटले आपत्कालीन सुरक्षा बैठक बोलाएका थिए भने बुधबारका लागि क्याबिनेट बैठक पनि डाकिएको छ। -एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।