ताजा अपडेट »

मुलुकको अर्थतन्त्र गम्भीर संकटतर्फ : पूर्व प्रधानमन्त्री ओली

मंगलबार, १५ चैत्र २०७८, २२ : ५३
10 Shares

भैरहवा । पुर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख रहेको ताएका छन् । बढ्दो महंगी र व्यापार घाटा चुलिदै गएकाले मुलुकको अर्थतन्त्र गम्भीर संकटतर्फ गएको उनले चर्चा गरे।

एमालेद्वारा लुम्बिनीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सबैभन्दा ठूला न्यायाधीश जनता भएको बताए । आगामी चुनावमा जनताले सही फैसला गर्ने उनले दावी गरे।

आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षको अवधिमा भुकम्पप्रभावितलाई घरबास उपलव्ध गराउनेदेखि लिएर तराईमा बाढी पहिरोबाट बिस्थापित आठसय परिवारलाई घर निर्माण गरिदिएको उनले चर्चा गरे । भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनीको पाँच हजार मनिस् अट्ने सभाहल, जनकपुर–जयनगर रेल सेवा आफू सरकारमा भएकाबेला अगाडि बढेको उनले बताए ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले देशव्यापी एमालेमा प्रवेशको लहर बढेको भन्दै यसले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको विजय सुनिश्चित गरेको बताए । गठबन्धन सरकारप्रति जनता निराश भएकाले एमालेप्रति जनलहर बढेको उनको भनाई छ ।

एमाले नेता खिमलाल भट्टराईले रुपन्देहीको दक्षिणी क्षेत्रमा पनि एमालेप्रतिको आकर्षण बढेको भन्दै स्थानीय निर्वाचनमा बिगतको तुलनामा धेरै स्थानीय तहमा जित हासिल गर्ने बताए। कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न वडामा निर्वाचित वडाध्यक्ष, वडा सदस्यलगायत विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले स्वागत गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।