ताजा अपडेट »

नेपालको एकदिवसीय वरीयता दुई स्थान खस्कियो

मंगलबार, १५ चैत्र २०७८, २२ : १५
4 Shares

काठमाडौँ । नेपालको एकदिवसीय क्रिकेट वरीयता एक दुई स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो एकदिवसीय वरीयतामा नेपाल दुई स्थान खस्कँदै १८औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो ।

नेपालले तीनदिन अघिमात्र पपुवा न्युगिनी (पीएनजी) सँग खेलेको दुई खेलको एकविदसीय सिरिज २–० ले गुमाएपछि वरीयता खस्किएको हो । घरेलु मैदानमा नेपाल पीएनजीसँग पहिलो खेलमा ६ रन र दोस्रो खेलमा तीन विकेटले पराजित भएको थियो ।

एकदिवसीयको शीर्ष वरीयतामा न्युजिल्यान्ड, दोस्रो स्थानमा इङ्ल्यान्ड र तेस्रो स्थानमा अष्ट्रेलिया, चौथो स्थानमा भारत र पाँचौँ स्थानमा दक्षिण अफ्रिका रहेको छ । आईसीसी टी–२० वरीयतामा भने नेपाल यथा स्थानमा छ । नेपाल टी–२० वरीयताको १३औँ स्थानमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।