ताजा अपडेट »

घुसबिना सरकारी कार्यालयमा काम हुँदैन भन्ने गुनासा छन् : आयुक्त श्रेष्ठ

मंगलबार, १५ चैत्र २०७८, २१ : २१
6 Shares


गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा श्रेष्ठ अमात्यले पछिल्लो समयमा सरकारी कार्यालयमा गए आर्थिक लेनदेनबिना काम हुँदैन भन्ने गुनासाहरु आउने बताइन् । मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सर्वसाधरणलाई सरकारको अनुभूति हुने गरी काम गर्न निर्देशन दिइन् । भ्रष्टाचार नगरे अख्तियारसंग डराउन नपर्ने बताइन्। भ्रष्टाचार नगरे डराउन नपर्ने र भ्रष्टाचार गरे कसैलाई नछाड्ने उनको भनाई छ ।

भ्रष्टाचार गर्नु अपराध भएको भन्दै भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कानुनी दायमा ल्याउनु पर्नेमा उनले जोड दिइन । सरकारी कर्मचारीहरुले इस्टिमेट र मूल्यांकन गर्दा विभिन्न चलखेलहरु हुने गरेका उजुरीहरु अख्तियारमा आउने गरेको भन्दै वास्तविक इस्टिमेट गर्न र मुल्याङन गर्न पनि आयुक्त श्रेष्ठले आग्रह गरिन् ।

अख्तियारमा परेका उजुरीहरुको प्रतिक्रिया माग्दा अनावश्यक र चाहिने भन्दा बढी पठाउने गरेका भन्दै चाहिने मात्रै र मागेको मात्रै पठाउन उनको आग्रह थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।