२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

काठमाडौं । विश्वकै प्रदूषित सहरमा काठमाडौं छैटौं स्थानमा परेको छ। वायुको अनुगमन गर्ने स्वीस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैठौँ प्रदूषित सहर बनेको छ। विश्वकै प्रदूषित देशको सूचीमा नेपाल १० औँ स्थानमा छ। काठमाडौं उपत्यका धेरै प्रदूषित रहेको देखिएको छ।

Advertisement

काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ। मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। हिजो दिउँसो काठमाडौंको एक्यूआई १ सय ६७ रहेको थियो। सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।

एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ। काठमाडौंको आकाश मंगलबार पनि धुम्मिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार अझै एक–दुई दिन मैसम खुल्ने सम्भावना न्यून रहेको छ। जमिन तातेर हावासँगैका कण वायुमण्डलमा रहँदा तुवाँलो जस्तै देखिएको छ। पानी नपरे यो अवस्था अझै बढ्नसक्छ’,उनले भने । आज सामान्यतया सबै ठाउँको मौसम यस्तै रहने उनको भनाइ छ। पहाडी क्षेत्रका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको उनको भनार्इ छ।

विगतको अनुभव
गत वर्ष पनि नेपालमा वायु प्रदूषणको मात्रा बढी भएका कारण विद्यालय बन्द नै गर्नुपरेको थियो। उपत्यकामा यसरी प्रदूषण बढ्नुको मुख्य कारण पुराना सवारी साधनलाई मानिएको छ। काठमाडौं उपत्यका कचौरा आकारको भएकाले पनि यहाँ पानी नपरिकन वातावरण सफा हुँदैन। पानी नपर्दासम्म मौसम खुल्न नसक्ने मौसमविद्को भनाइ छ।

यातायातको चापले प्रदूषण
उपत्यकामा यातायातका साधन गुड्न थालेको लामो इतिहास छैन। वि। सं। २०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि मात्र उपत्यकामा सवारी साधन भित्रिएका हुन्। त्यो भन्दा अगाडि मान्छेले बोकेर ल्याएका मोटर फाट्टफुट्ट गुड्थे। त्यसको ६५ वर्षपछि अहिले यातायातका साधनको चाप बढेको छ। हाल उपत्यकामा बढिरहेको वायु प्रदूषणको मुख्य कारण यातायातका साधनबाट निस्कने धुवाँ भएको विज्ञले बताएका छन्।-विष्णु पाण्डेय/गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा