ताजा अपडेट »

९४ औं ओस्कार अवार्ड : 'कोडा' सर्वोत्कृष्ट फिल्म

सोमबार, १४ चैत्र २०७८, १८ : ३७
2 Shares

काठमाडौं  लस एन्जेल्सको 'डल्बी थिएटर'मा आयोजना गरिएको ९४ औं ओस्कार अवार्डमा 'कोडा' सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । तीनवटा विधामा मनोनयनमा परेको 'कोडा' फिल्मले तीनवटै अवार्ड जितेको हो । फिल्म स्ट्री मिङ प्लेटफर्म एम्पल फिल्मसले निर्माण गरेको हो ।

यस्तै, 'डुन' फिल्मले सर्वाधिक अवार्ड प्राप्त गरेको छ । १० विधामा मनोनयनमा परेको यस चलचित्रले ६ वटा अवार्ड जितेको हो । तर 'द पावर अफ द डग' ले भने एउटा मात्रै अवार्ड हात पारेको छ । यस फिल्मलाई यस वर्षको उत्कृष्ट फिल्मको मुख्य दावेदारका रुपमा लिइएको थियो । यस फिल्मका डाइरेक्टर जेन क्यापियनले 'बेस्ट डाइरेक्टर' अवार्ड पाएकी छन् । उनी उत्कृष्ट निर्देशकको उपाधिका लागि दुई पटक मनोनयन हुने पहिलो महिला निर्देशक बनेकी छन् ।

यस्तै, अभिनेता बिल स्मिथले फिल्म 'किङ रिचर्ड' बाट 'बेस्ट एक्टर' अवार्ड प्राप्त गरेका छन् । साथै, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड 'द आइ अफ टम्मी फाय' बाट जेसिका चास्टाइनले जितेकी छन्। यो फिल्ममा उनले प्रसिद्ध अमेरिकी मिसनरी ट्यामी फेको वास्तविक जीवनको कथालाई पर्दामा चित्रण गरेकी छन्।

यस्तै, कार्यक्रम प्रत्यक्ष प्रसारण हुनुअघि आठ विधाले ओस्कार अवार्ड पाएका थिए । एनिमेटेड सर्ट फिल्म, डकुमेन्ट्री सर्ट सब्जेक्ट, फिल्म एडिटिङ, लाइभ एक्सन सर्ट फिल्म, मेकअप र हेयर स्टाइलिङ, ओरिजिनल स्कोर, प्रोडक्सन डिजाइन र साउन्डका लागि अवार्डहरू प्रत्यक्ष प्रसारण भएनन् ।स्यामुएल ज्याक्सन, इलेन मे र लिभ उलम्यानलाई २०२२ मा मानार्थ एकेडेमी अवार्डबाट सम्मानित गरिएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।