ताजा अपडेट »

भैरहवाबाट ५ सय बढी एमालेमा प्रवेश

सोमबार, १४ चैत्र २०७८, १७ : ४७
2 Shares

भैरहवा । नेकपा एमालेमा अन्य पार्टी परित्याग गरी ६ सय भन्दाबढी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुलाइ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले प्रवेश गराएका हुन् ।

नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको आयोजनामा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले नेकपा एमालेमा प्रवेश गर्नेहरु जीवनमा पछुताउनु नपर्ने बताए ।

उनले भने ‘तपाईंहरु जनताको लोकप्रिय पार्टीमा प्रवेश गर्नुभएको छ । तपाईंहरुलाइ सदैब गर्व महसुस गर्नेगरि हामीले पार्टीमा काम गर्ने अवसर दिने छौं। उपाध्यक्ष पौडेलले भने ।

पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका केन्द्रिय संस्थापक सदस्य हजरत अलि मुसलमान, जसपाका नेता तथा वडा नं ८ वडा अध्यक्षका उम्मेदवार रहेका ओसिम खान, जसपाका नेता सलामद ओली, उद्योगी ब्यावसायी सुरेन्द्र केसी एमालेमा प्रवेश गरेका छन् ।

त्यसैगरी ब्यावसायी वारिस खान, नेपाली कांग्रेसका नेता केशर बहादुर भुसाल र उमा शंकर तिवारी, करांते खेलाडी केशर यादव लगाएतका नेताहरु सहित ६ सय बढी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले सिद्धार्थ नगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीले जानकारी दिए।

नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य अनुप बराल बिस्वासले स्थानीय चुनावमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । नेकपा एमाले सिद्धार्थनगरका नगर अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षता र स्वागतमा भएको कार्यक्रमको संचालन नगर सचिव नारायण प्रसाद भण्डारीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।