ताजा अपडेट »

'उपाय नभएर पछि लागेका'लाई कांग्रेसले समेत हेप्यो : एमाले सचिव रायमाझी

सोमबार, १४ चैत्र २०७८, १७ : २६
2 Shares

कपिलवस्तु। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेकाे बताएका छन् । कपिलवस्तुमा साेमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेकाे दावी गरे

सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्लाएक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताए । उनले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको  आरोप पनि लगाए ।  प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताए । उनीहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागे । तर, अहिले कांग्रेसले समेत हेपेको दाबी गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गर्न पनि बाँकी राखेनन् । नेपालका शीर्ष नेता भारतसँग झुक्छन् तर केपी ओली भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता भएको उनकाे दावी छ । ओली नेतृत्वको सरकारले भारतले मिचेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गरेको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।