ताजा अपडेट »

माेटरसाइकल दुर्घटनामा चालककाे ज्यान गयाे, एकजना घाइते

सोमबार, १४ चैत्र २०७८, १५ : ४७
2 Shares

सर्लाही । सर्लाहीकाे कविलासीमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । अर्का एकजना घाइते भएका छन् ।

साेमवार मलंगवा-नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा प्रदेश २-०३-०१८ प ९६८३ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा माेटरसाइकल चालक मलंगवा नगरपालिका-३, निवासी २७ वर्षीय ताैखिन मिकरानीकाे मृत्यु भएकाे हाे । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेकाे माेटरसाइकल सडक छेउमा रहेकाे बिजुलीकाे पाेलमा ठाेकिएकाे थियाे ।

दुर्घटनालगत्तै मिकरानीलाई उद्धार गरी प्रादेशिक अस्पताल  मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घाेषणा गरेका थिए । माेटरसाइकलमा सवार साेही स्थानका २६ वर्षका मकबुल लहरी सफी गम्भीर घाइते भएका छन् । प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्ज रेफर गरिएकाे अस्पताल स्राेतले जनाएकाे छ ।

मिकरानीकाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएकाे र घटनाकाे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।