ताजा अपडेट »

१२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

आइतबार, १३ चैत्र २०७८, २२ : १४
6 Shares

धनगढी । कैलालीमा १२ वर्षीया बालिकायलाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । 

बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

बाख्रा चराएर घर फर्कने क्रममा ती बालिकालाई पुरुषले बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रबाक्ता जोशीले बताए । पक्राउ परेका पुरुष माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।