ताजा अपडेट »

बा–आमाको सम्झनामा यात्रुहरुको लागि पानीको धारा

आइतबार, १३ चैत्र २०७८, २१ : ५४
6 Shares

रिडी । तानसेन रिडी तम्घास मोटर बाटोको रिडी बसन्तपोखरी क्षेत्रमा तिर्खा लागे एकमुठि पानी पिउन गाह्रो थियो । कि त रिडी, कि बसन्तपोखरी पुगेर साना ठूला सवारीका साधन , मोटरसाईकल यात्रि र ढुवानीका साधनमा समेतले पानी पिउन बाध्य थिए । तर, आइतबारदेखि रुरुक्षेत्र गाउँ पालिका वडा न ३ को फलाँटेमा धारो जडान गरि सडक यात्रु ,गाडीका चालक सहचालक सबैका लागि पिउने पानीको सहजता बनाइएको छ ।

नेकपा एमालेका युवा नेता, रेसुङ्गा नगर इन्चार्ज तथा समाजसेवी कृष्ण भण्डारी र उनको परिवारले आफ्ना बाबा बैकुण्ठ भण्डारी र माता शिव कुमारी भण्डारीको स्मृतिमा स्थानिय फलाँटे क्षेत्रमा रहेको प्रतिक्षालय नजिकै धारा निर्माण गरि हस्तान्तरण गरेका हुन् ।

समाजसेवी युवा कृष्ण भण्डारीका पिता बैकुण्ठ भण्डारीको २०५८ साल फागुन २० गते यहि फलाँटे क्षेत्रमा भएको बस दुर्घटनामा दुःखद निधन भएको र आमा शिव कुमारी भण्डारी पनि यहि दुर्घटनामा घाइते भई पछि निधन भएको थियो । निर्माण गरिको धाराको लुम्बिनी प्रदेशका सांसद तथा विशेषाधिकार समितिका सभापति कमल राज श्रेष्ठले धाराको उद्घाटन गरेका हुन् ।

रुरुक्षेत्र गाउँ पालिका ३ चिरतुम पँधेरामा टँकि निर्माण गरि करिब साढे तीन सय मिटर पाइप जडान गर्दै पँधेराको स्वच्छ र सफा पानी फलाँटे पुर्याइएको छ ।करिब पचास हजारको व्यक्तिगत लागतमा कृष्ण भण्डारीले यो धाराको निर्माण गरिदिएसँगै तानसेन रिडी तम्घासको रिडी बलेटक्सार क्षेत्रको बीचमा गाडीका यात्रु चालक सहचालकहरुले चौविसै घण्टा स्वच्छ र सफा पानी पिएर तिर्खा मेट्न सक्ने छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।