ताजा अपडेट »

अनेरास्ववियुको आयोजनामा जिल्ला स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता

आइतबार, १३ चैत्र २०७८, १९ : १५
2 Shares

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीको आयोजनामा सोमबारदेखि जिल्ला स्तरीय अन्तर अन्तर कलेज भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष रामनाथ ढकालको स्मृतिमा आयोजित प्रतियोगितामा २१ समुहको सहभागिता रहेको छ ।

चैत्र १४ गतेदेखि १७ गतेसम्म ४ दिन हुने प्रतियोगिताको विजेताले नगद ३३ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी उप विजेताले नगद २० हजार तथा तृतीय हुने समुहले ११ हजार नगद राशीसहित शिल्ड, मेडल र पमाणपत्र प्राप्त गर्ने अनेरास्ववियु केन्द्रीय सदस्य नवीन सारुले जानकारी दिए ।

प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालले राजनीतिक आन्दोलन तथा परिवर्तनका अभियानहरुका साथै अन्य रचनात्मक क्रियाकलापहरुमा समेत अनेरास्ववियु भूमिका अहम रहने उल्लेख गरिन् । उपाध्यक्ष यमराज पाण्डेयले खेल गतिविधिबाट युवाहरुलाई एकतावद्ध गर्न प्रतियोगिताले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । युवा विद्यार्थीहरु विभिन्न राजनीतिक आन्दोलनहरमा मात्रै नभई खेल तथा अन्य गतिविधिहरुमा समेत सशक्त छन् भन्ने सन्देश प्रतियोगिताले दिने बाताए ।

यसैगरी नेकपा एमाले जिल्ला कमिटी सदस्य बसन्त ढकाल, अनेरास्ववियु स्थायी कमिटी सदस्य सरोज पोखरेल, अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, रुन्देही अध्यक्ष शेसकान्त पोखरेल लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

बुटवल बहुमूखि क्याम्पसको मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी वाणिज्य क्यनम्पस र हरैया बहुमूखि क्याम्पस बीच उद्घाटन खेल हुने छ । प्रतियोगिताको एमाले पोलिटब्यूरो सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा सोमबार भएको आयोजक अनेरास्ववियु र प्रेस चौतारी रुपन्देही बीच भएको मैत्रिपूर्ण खेलमा प्रेस चौतारीले जित दर्ता गरेको छ । वेस्टअव फाइफको आधारमा भएको प्रतियोगितामा प्रेस चौतारीमा ३-शुन्यको सोझो सेटमा जित दर्ता गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।