ताजा अपडेट »

भारतले महाकाली नदीमा तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण

आइतबार, १३ चैत्र २०७८, १८ : ५५
2 Shares

काठमाडौं ।  एमालेले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको स्थायी तटबन्धको विरोध जनाउँदै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको हो । 

महाकाली नदीको धार नै परिवर्तन गर्नेगरी धारचुलामा भारतीय पक्षबाट एकतर्फी ढंगले गरिरहेको संरचना निर्माणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए । आइतबार बसेको पहिलो स्थायी कमिटी बैठकले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएको हो । 

नेपालको राष्ट्रिय हित र भूमिको रक्षासँग जोडिएको यति संवेदशनशील विषयमा सरकारको मौनता खेदजनक रहेको उनले बताए । 'हामी हाम्रो पार्टी यस विषयमा तत्काल भारतसँग वार्ता गर्न, एकतर्फी संरचना निर्माण गर्न रोक्न र सीमाको रक्षामा गम्भीर बन्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं,' स्थायी कमिटी बैठकले गरेको निर्णय सुनाउँदै उनले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।