ताजा अपडेट »

एमाले अध्यक्ष ओली भोलि रुपन्देही आउँदै

आइतबार, १३ चैत्र २०७८, १७ : ४४
4 Shares

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार रुपन्देही आउन लागेका छन् । पार्टी अध्यक्ष ओली चैत १४ गते बिहान रुपन्देहीको भैरहवामा पार्टी प्रवेश कार्यक्रम तथा अगुवा कार्यक्रमका लागि आउन लागेका हुन् ।

ओली सो कार्यक्रम सकेर दिउँसो कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा जाने छन् भने साँझ बस्न बुटवलमा आउने एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए । सोमबार कपिलवस्तुमा पूर्वमन्त्री तथा संघीय सांसद वृजेशकुमार गुप्ता, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तवसहित ५ हजारभन्दा धेरैको पार्टी प्रवेश कार्यक्रम रहेको एमाले कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले दाबी गरे ।

१५ गते मंगलबार बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रा तथा सम्बोधन कार्यक्रमा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।