ताजा अपडेट »

टाकुरामा सहकारी शिक्षाबारे अभिमुखिकरण

आइतबार, १३ चैत्र २०७८, १७ : ३१
6 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ मा रहेको टाकुरा बचत तथा ऋण सहकारी सस्थाले शनिबार सहकारी शिक्षाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

न्यु होराइजन कलेजको सभाहलमा संस्थाका सदस्यहरुलाइ सहकारिका बिभिन्न पक्षहरुको बारेमा प्रमुख प्रशिक्षक टंक पौडेलले प्रशिक्षण गर्नुभएको थियो । सोहि अवसरमा नयाँ वर्ष २०७९ सालको भित्ते पात्रोको प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका सहकारी बिभाग प्रमुख कृष्ण प्रसाद पाण्डेले बिमोचन गरेका थिए।

कार्यक्रममा संस्थाका सल्लाहकार गोपाल प्रसाद आचार्य, निवर्तमान अध्यक्ष रमेश ज्ञवालि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने संस्थाका अध्यक्ष राजेन्द्र कुंवरले कार्यक्रमको बारेमा जानकारी दिए ।

संस्थाका शिक्षा समिति संयोजक पुजन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खेमराज खनालले स्वागत र सञ्चालन सचिव पशुपति चौधरीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।