ताजा अपडेट »

जसपा दाङ : १५ गतेसम्म उम्मेद्वारको नाम सिफारिस गर्नु पर्ने, गठबन्धनका लागि समिति गठन

आइतबार, १३ चैत्र २०७८, १६ : ३९
8 Shares

दाङ । जनता समाजवादी पार्टी (जसपा) नेपाल दाङ जिल्ला समन्वय समितिको निर्वाचन केन्द्रित बैठक सम्पन्न भएको छ । बैठकले होम प्रसाद शर्माको सँयोजकत्वमा १५ सदस्यीय दाङ जिल्ला स्थानीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।

जसमा संयोजक होम प्रसाद शर्मा, सदस्य कुल बहादुर घर्ती, लक्ष्मि चौधरि, भरत चौघरि, सुरेन्द्र चन्द, टोप बहादुर महतरा, रिता यादव, जगतराम यादव, टोप बहादुर कार्की, जीवन भण्डारी, प्रकाश बिष्ट, मोहन ओलि, रण प्रसाद सुवेदी, आईतराम बिक र बिकास अग्रवाल रहेका छन् ।

यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तहमा स्थानीय निर्वाचन लड्ने निर्णय गरेको छ । चैत्र १५ गतेसम्म दशवटै स्थानीय तहको प्रमुख र उप प्रमुखको नाम शिफारिस गर्न र १६ गते पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
साथै स्थानीय निर्वाचनमा आवश्यक गठबन्धनका लागि होम शर्माको संयोजकत्वमा कुल बहादुर घर्ती, लक्ष्मि चौधरी, जीवन भण्डारी र जगतराम यादव सदस्य रहेको ५ सदस्यिय बार्ता समिति गठन गरेको छ ।

बैठकले टोप बहादुर महतराको संयोजकत्वमा प्रकाश चौधरि, टोप बहादुर कार्की, प्रकाश बिष्ट, जीवन भण्डारी सदस्य रहेको ५ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको तछ भने जीवन भण्डारिको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।